०४ असार २०८३, बिहीबार

नीति तथा कार्यक्रममा गण्डकी प्रदेश : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फलाम खानी उत्खननसम्म

बैशाख २०, २०७६
नीति तथा कार्यक्रममा गण्डकी प्रदेश : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फलाम खानी उत्खननसम्म

पोखरा – राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को शुरु देखि सञ्चालनमा आउने भएको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/०७७ को सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् ।
डेढ वर्ष अघिबाट निर्माण प्रक्रिया थालिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको सहुलियत पूर्ण ऋणमा सन् २०२१ भित्र सम्पन्न गर्ने योजना रहेको छ।

त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत पर्ने पर्वतको महाशिला गाउँपालिकामा रहेको फलाम खानी उत्खनन्मा ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्