०४ असार २०८३, बिहीबार

निवास नै बन्यो शीर्ष नेताको ‘कार्यालय’

बैशाख २१, २०७६
निवास नै बन्यो शीर्ष नेताको ‘कार्यालय’

काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो। निवासमा भीडभाड थियो। प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस लिई दाहाल निवास पुगेका थिए।

तराई–मधेस फोरम अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ। दाहालले त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्न आवश्यक ठानेनन्, आफ्नै निवासमा आयोजना गरिदिए।

त्यसको दुई दिनअघि मात्र दाहालले नेकपा अध्यक्षको हैसियतमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमण्डको ध्यानाकर्षणपत्र पनि आफ्नै निवासमा बुझेका थिए। 
यस्तो दृश्य दाहाल निवासमा मात्र होइन, प्रधानमन्त्री तथा नेकपाकै अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटार र कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पनि देखिन्छ। १६ वैशाखमा प्रधानमन्त्री ओलीले पार्टी सचिवालय बैठक आफ्नै सरकारी निवास बालुवाटारमा बोलाए। 
गतवर्षको जेठ ३ को पार्टी एकतायता एक पटक स्थायी समितिको बैठक धुम्बाराही कार्यालयमा बसे पनि जेजति अन्य बैठक अहिलेसम्म बसेका छन्, प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवाको अवस्था पनि उस्तै छ। उनी पार्टी पदाधिकारी बैठक आफ्नै निवासमा गराइरहेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्