१० असार २०८३, बुधबार

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डाको विवाह 'लिभिङ पार्टनर'सँग हुने

बैशाख २१, २०७६
न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डाको विवाह 'लिभिङ पार्टनर'सँग हुने

एजेन्सी- न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडनको लिभिङ पार्टनर क्लार्क गेफोर्डसँग विवाह हुने भएको छ ।

शुक्रवार एक कार्यक्रममा प्रधानमन्त्री आरडनको बायाँ हातको बीचको औंलामा हिराको औंठी देखिएकाले यसबारे अनुमान शुरू भएको थियो ।  

पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले यस विषयमा सबैभन्दा पहिले सोधखोज गरेका थिए । उनले प्रधानमन्त्री कार्यालयसँग यसबारेमा प्रश्न गर्दा कार्यालयले सकारात्मक जवाफ दिएको हो ।  

आरडनका प्रेमी क्लार्क पेसाले टीभी प्रस्तोता हुन् । दुईजना धेरै पहिलेदेखि सम्बन्धमा रहँदै आएका छन् । उनीहरूबीच विवाह नभए पनि पहिलेदेखि सँगै बस्दै आएका थिए । दुईको सम्बन्धबाट एक छोरी पनि छिन् ।

तस्वीर : बीबीसी 

salt training

कमेन्ट गर्नुहोस्