
एजेन्सी- संसारमा अचम्म-अचम्मका चिजहरू हुन्छन् । ती दृश्य तथा संरचना देखेर मानिसहरू चकित हुने गरेका छन् ।
त्यस्तै अफ्रिकी महाद्वीपमा रहेको 'सहारा मरुभूमि' को एउटा राजलाई वैज्ञानिकहरूले समेत पत्ता लगाउन सकेका छैनन् ।
सहारा मरुभूमिको बीचमा लगभग ३० माइलमा फैलिएको एउटा प्राकृतिक संरचना आँखाजस्तै छ । जसलाई 'रहस्यमयी आँखा'को रूपमा पनि चिनिने गरेको छ ।