
काठमाडौं –दूषित पानी पिउँदा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका १३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा लालले बताए । अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।