२८ जेठ २०८३, बिहीबार

यस ठाउँमा चुम्बन गरे १५ वर्षसम्म खुशी मिल्ने, जान्नुस् मन छुने कहानी

बैशाख २५, २०७६
यस ठाउँमा चुम्बन गरे १५ वर्षसम्म खुशी मिल्ने, जान्नुस् मन छुने कहानी

एजेन्सी- हरेक प्रेमजोडी चाहन्छन् कि आफूहरू सधैं सँगै हुन पाइयोस् । तर सबैको हकमा त्यस्तो हुँदैन । उनीहरू कुरा गर्दै जाँदा कुनै कुनामा मौका मिलाएर चुम्बन गर्छन् । 

तर सार्वजनिक स्थानमा चुम्बन गर्नु सहज भने छैन । त्यस्तो स्थानमा चुम्बन गर्दा सबैले हेर्ने हुँदा जोडीका लागि राम्रो हुँदैन । 

त्यस्तै आज हामी तपाईंलाई एक यस्तो अनौठो स्थानको बारेमा जानकारी दिन गइरहेका छौं, जहाँ जोडी घण्टौं लाइन बस्न पनि तयार हुन्छन् र आफ्नो पालो कुरेर बस्छन् । 

बताइएअनुसार त्यहाँ फेब्रुअरी एकदेखि १५ तारिखसम्म ठूलो संख्यामा मानिसहरू आउँछन् र लामो लाइन बस्छन् ।  

यो अनौठो स्थान मेक्सिकोको हो । यस ठाउँमा आएर चुम्बन गर्नेको जोडी १५ वर्षसम्म खुशी रहने जनविश्वास छ ।  

यद्यपि, यसको पछि एक प्रेमी-प्रेमिकाको कहानी छ । यो ठाउँ एउटा सानो गल्लीमा छ, जसको नाम हो- एल क्यालेजन डेल बेसो । यसको अर्थ हुन्छ- चुम्बन 'किस'को गल्ली । यो सेन्ट्रल मेक्सिकोको गुआनाजुआतोमा छ । 

कथनअनुसार यस गल्लीमा प्रेमी-प्रेमिका बालकोनीमा बसेर किस गर्ने गर्थे । केटी डोना कार्मेन धनी परिवारबाट थिइन् भने केटा गरीब परिवारका थिए । 

डोनालाई पिताले माया गर्नका लागि इजाजत दिएका थिएनन् । यसकारण लुइसले उसको घरको झ्यालनजिकै एउटा कोठा भाडमा लिएर बस्न थाले । डोनाको पितालाई लुइससँग भेटेको मन पर्दैनथ्यो ।  

डोनालाई बाहिर जानपनि प्रतिबन्ध लगाएका थिए उनको पिताले ।

लुइसको उक्त गतिविधिबारे डोनाको परिवारलाई थाहा थिएन । 

एकदिन डोनाको पिताले उनीहरूको चाला थाहा पाए र आफ्नै छोरीलाई धारिलो हतियारले हत्या गरिदिए । 

केही मानिसहरू यस्तो भन्छन् कि लुइस डोनालाई बचाउन बालकोनीबाट कुदे तर तल झर्दै गर्दा गर्दन छिन्यो । 

जुन कोठामा डोना बस्थिन्, अहिले त्यहाँ एउटा गिफ्ट पसल छ । प्रेमजोडीहरूले उक्त बालकोनीमा आएर आफ्नो नाम लेख्छन् र सन्देश पनि छाड्छन् । र झ्यालमा ताला पनि लगाउँछन् । 

सो उक्त स्थानमा किस गर्नाले १५ वर्षसम्म सम्बन्ध बलियो हुने आमविश्वास रहिआएको छ । 

salt training

कमेन्ट गर्नुहोस्