०१ असार २०८३, सोमबार

हिलवाला चप्पल लगाउन छाडिदिनुहोस्, नत्र वेहोर्नु पर्ला यस्तो समस्या

बैशाख २५, २०७६
हिलवाला चप्पल लगाउन छाडिदिनुहोस्, नत्र वेहोर्नु पर्ला यस्तो समस्या

हिलवाला चप्पल तथा जुत्ता लगाउनु महिलाका लागि फेसन नै भइसकेको छ । हाइ हिलमा हिड्दा स्मार्ट देखिन्छ भन्ने मान्यताले धेरै महिला हिलवाला जुत्ता तथा चप्पल लगाउँछन् । तर यसले स्वास्थ्यमा पार्ने असर कमैलाई मात्र थाहा होला । जब चाल र शरीरको सन्तुलन बिग्रन थाल्छ अनिमात्र थाहा हुनेछ हाइ हिलले पार्ने समस्या ।

आजभोलि बच्चैदेखि हाइ हिल लगाउने फेसन सुरु भएको छ । बच्चा अबस्थामा लगाएको हाइ हिलले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पार्छ ।

सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ ।

लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ ।

हाई हिलका कारण दुर्घटनामा परेर विश्वभर बर्सेनि सयौं युवती अस्पतालसमेत जानु परेको छ ।

एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने (हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ ।

अनुुसन्धानअनुसार दशमध्ये एक महिलाले सातामा तीन दिन हाई हिल जुत्ता लगाउछन् । यीमध्ये एक तिहाई लामो हिलका कारण लड्ने वा दुर्घटनामा पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्