२४ जेठ २०८३, आइतबार

यस्तो व्यक्ति कहिल्यै खुशी हुने छैन

बैशाख २६, २०७६
यस्तो व्यक्ति कहिल्यै खुशी हुने छैन

श्रीमद्भगवत गीतामा भगवान श्री कृष्णले दिएको उपदेशमा जीवनका हरेक गतीविध तथा हरेक अवस्थाको पूरा सार लुकेको छ ।

यी वचनमा जीवनका हरेक अनुभवका बारेमा विस्तारमा वर्णन गरिएको छ । व्यक्तिको जन्मदेखि मृत्युसम्म तथा त्यसपछिको चक्रका बारेमा श्रीमद्भगवत गीतमा विस्तारमा वर्णन गरिएको छ । गीतामा बताइएका यस्तै पाँच विषय हामी यहाँ उल्लेख गर्दै छौं जो तपाईको जीवनको हरेक मोडमा काम आउँनेछ । 

यस्तो व्यक्ति कहिल्यै खुशी हुने छैन

गीतको उपदेशमा बताइएको छ कि जो व्यक्ति विना कारण अन्य कोहीमाथि सन्देह गर्छ भने उ कहिल्यै खुशी हुन सक्दैन । शंका गर्नाले सम्बन्धहरुमा समस्या उत्पन्न हुन्छ । 

यी ३ हुन् नरकको बाटो

गीता उपदेश अनुसार वासना, रिस र लोभ यी तीन चिज नकरको द्वार हो । यदी तपाई खुसी रहन चाहनुहुन्छ भने यी तीन चीजबाट टाँढै रहनुस् । 

यसमा शोक व्यर्थ

गीतामा भनिएको छ कि जो जीव जन्म लिन्छ उसको मृत्यु निश्चित छ । यसकारण जो चिज निश्चित छ त्यसका लागि शोक या पश्चातापको कुनै अर्थ छैन । 

यस्तो व्यक्तिले गर्नु पर्छ भलाई

गीताको सारमा बताइए अनुसार यदी कोही व्यक्ति बुद्धिमान छ भने उसले समाजको भलाईको लागि काम गर्न आवश्यक छ । यस्तो व्यक्तिले विना कुनै स्वार्थ समाजको लागि योगदान दिन चाहिन्छ । 

यस्ता व्यक्तिले भगवान प्राप्ति गर्छन्

गीतको उपदेश अनुसार जो व्यक्ति भगवानलाई याद गरिरहन्छ र जसले मृत्युको समयमा भगवानलाई याद गर्छ उ सिधा भगवानको धाममा पुग्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्