०४ असार २०८३, बिहीबार

अन्लाइन पेमेन्टमा गल्ती भएपछि लखपति बने एक नाइजेरियाली

बैशाख २६, २०७६
अन्लाइन पेमेन्टमा गल्ती भएपछि लखपति बने एक नाइजेरियाली

काठमाडौं – एयर इन्डियाका विमानको पाटपुर्जा किन्न्का लागि एक कम्पनीलाई लगभग ३२ लाख रुपैयाँ तिर्नुपर्नेमा उसले सम्बन्धित कम्पनीलाई नभई नाइजेरियामा बस्ने कुनै एक व्यक्तिलाई अन्लाइन पेमेन्ट गरिएको पाइएको छ ।

सन् २०१७ मा भएको यो गडबडीलाई लुकाउन खोजिएको भए पनि अहिले आएर एयर इन्डियाले यसको अनुसन्धान गर्ने आदेश दिएको छ । 

एयर इन्डियाका सूत्रहरूका अनुसार, यो घटनाको जानकारी केही दिनअघि एयर इन्डियाका अध्यक्ष अश्विनी लोहानीले पाएपछि कम्पनीको अर्थ विभागलाई अनुसन्धानका लागि उनले आदेश दिएका छन् । घटनाको को जिम्मेवार छ भनी पत्ता लगाउन अनुसन्धानको आदेश दिइएको हो । 

विभाग अधिकारीहरूले यो गडबडी डेढ वर्षअघि वाशिङटनमा भएको बताए । 

गडबडी भएको पत्ता लाग्नेबित्तिकै वाशिङटनमा नै प्रहरीसमक्ष रिपोर्ट गरिएको थियो । तर अहिलेसम्म यस रकमको अत्तोपत्तो छैन । 

अनि रिपोर्ट दिनेबाहेक अरू ठूलो काम केही पनि गरिएको छैन । 

यसको फाइल दबाइएको थाहा पाएपछि लोहानीले मंगलवार अर्थ विभागलाई अनुसन्धान गर्न आदेश दिएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्