२७ असार २०८३, शनिबार

एकताप्रति असन्तुष्ट नेताहरूले बाबुरामलाई ज्ञापनपत्र बुझाउँदै, नेकपा प्रवेशको चर्चा हल्ला मात्र !

बैशाख २६, २०७६
एकताप्रति असन्तुष्ट नेताहरूले बाबुरामलाई ज्ञापनपत्र बुझाउँदै, नेकपा प्रवेशको चर्चा हल्ला मात्र !

काठमाडौं – संघीय समाजवादी फोरमसँग पार्टी एकीकरण गरेकोमा असन्तुष्टि जनाउँदै डेढ दर्जन केन्द्रीय सदस्यहरूले आज समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउँदैछन् ।

देश संघीय प्रणालीमा गई राजनीतिक स्थायित्वको कोर्षमा गइसकेको अवस्थामा फेरि ११ प्रदेशको माग र जातीय एजेण्डा उचाल्ने कुराप्रति उनीहरूको असन्तुष्टि छ । पार्टीको नाम, झण्डा र नेतृत्व स्वीकार गरेर उपेन्द्रसामु समर्पण गरेको असन्तुष्टहरूको आरोप छ । 

बिहीवार दिउँसो छलफलको तयारी भएको असन्तुष्ट मध्येका एक नारायण तिवारीले जानकारी दिए । समूहमा पूर्वमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुली, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्व सांसद ज्ञानेन्द्र कुमाल लगायत छन् । 

असन्तुष्ट केन्द्रीय सदस्यहरू नेकपा प्रवेश गर्ने हल्ला भने गलत रहेको सदस्य तिवारीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्