१३ असार २०८३, शनिबार

सुहानाले दर्शकलाई ठूलो सपना देखाएकी छिन् : दीपाश्री निरौला

बैशाख २६, २०७६
सुहानाले दर्शकलाई ठूलो सपना देखाएकी छिन् : दीपाश्री निरौला

काठमाडौं- कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रले राम्रो नायिका पाएको बताएकी छिन् । 

नायिका तथा निर्देशक झरना तथा निर्माता सुनिलकुमार थापाकी छोरी सुहानाको २१ औं जन्मदिन पारेर चलचित्र युनिटले बुधबार अन्नपूर्ण होटलमा आयोजना गरेको ‘ए मेरो हजुर ३’को सक्सेस पार्टीमा दीपाश्रीले सो कुरा बताएकी हुन् । 

चलचित्रबाट सुहानाले दर्शकहरुलाई पनि ठूलो सपना देखाएको दीपाश्रीले बताईन् । 

‘साथी झरनाले राम्रो नायिका जन्माएकी छिन् । हामीले पनि विश्वास राखेका छौं की नेपाली चलचित्रले राम्रो नायिका पाएको छ’ दीपाश्रीले भनिन् –‘उनले दर्शकहरुलाई पनि ठूलो सपना देखाएकी छिन् । अब आफ्नो देश छाडेर कतै नजाने प्रण गर्नुपर्यो ।’

अमेरिकामा बसेर मनोविज्ञानमा स्नातक गर्दै गरेकी सुहाना केही महिनायता नेपालमा छिन् । अब पढाई सकेर मात्र चलचित्रमा अभिनय गर्ने सुहाना तथा उनको परिवारको योजना छ । 
चैत २९ गतेबाट प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ चौथो सातामा प्रदर्शनरत छ ।

सक्सेस पार्टीमा सो चलचित्रका नायक अनमोल केसी, सलोन बस्नेत, अन्य चलचित्रकर्मी तथा सञ्चारकर्मीको उपस्थित थियो ।

salt training

कमेन्ट गर्नुहोस्