२२ जेठ २०८३, शुक्रबार

नवजोत सिंह सिद्धूमाथि महिलाले फ्याँकिन् चप्पल

बैशाख २६, २०७६
नवजोत सिंह सिद्धूमाथि महिलाले फ्याँकिन् चप्पल

काठमाडौं – हरियाणाको रोहतकमा कांग्रेस उम्मेदवार दीपेन्द्र हुड्डाको पक्षमा भोट माग्न आएका पञ्जाबका मन्त्री नवजोत सिंह सिद्धूको चुनावी सभामा एक महिलाले चप्पल फ्याँकेकी छन् । 

त्यसपछि सभा रद्द गरियो र हंगामा भयो । कांग्रेसी कार्यकर्ताहरू क्रुद्ध भए अनि चप्पल फ्याँक्ने महिलालाई घेरे । प्रहरीले महिलालाई बचाउने प्रयास गरेको भए पनि कार्यकर्ताहरूले प्रहरीकै अगाडि महिलालाई थप्पड हाने । 

बुधवार बेलुका भएको घटनामा पछिल्तिर बसेकी महिलाले सिद्धूमाथि चप्पल प्रहार गरेकी हुन् । घटनापछि प्रहरीले सिद्धूको सुरक्षा बढाएको छ । 

सभामा बाहिरका मानिस पनि आएका थिए र उनीहरूले कांग्रेसी कार्यकर्ताकै अगाडि मोदीको नारा लगाउन थाले । त्यसपछि तनावको स्थिति उत्पन्न भयो र नारा लगाउने मानिस र कांग्रेसी कार्यकर्ता भिड्न थाले । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्