
काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटलबीच बैंक काकर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा१०%सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाप्रमुखबजार व्यवस्थापनअधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटलका बोर्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले २८२ शाखा कार्यालय, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २५ वटा शाखारहित बैंकिङ ईकाइ मार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकका करीब १६ लाख ग्राहक छन् ।