२५ जेठ २०८३, सोमबार

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी

बैशाख २६, २०७६
उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी

काठमाडौं – दक्षिण कोरियाली सेनाका सेनापतिहरूले बिहीवार उत्तर कोरियाबाट पहिचान नखुलेको एक क्षेप्यास्त्र प्रहार भएको दाबी गरेका छन् । उत्तरले उच्चस्तरीय हतियार परीक्षण गरेको एक हप्ताभित्र यो प्रहार भएको हो । 

उक्त क्षेप्यास्त्र स्थानीय समयअनुसार अपराह्न साढे ४ बजे सिनो–री मिसाइल बेसबाट प्रहार गरिएको बताइएको छ । उक्त स्थान दक्षिण कोरियाली सीमाबाट २१० किलोमिटर दक्षिणमा पर्छ । 

अघिल्लो साता उत्तर कोरियाली नेता किम जोङ–उनले रकेटहरूको परीक्षणलाई निरीक्षण गरेका थिए । छोटो दूरीको एउटा क्षेप्यास्त्र देशको पूर्वी तटबाट सी अफ जापानमा प्रहार गरिएको थियो । 

उत्तर कोरियाले आफ्ना हालैका क्षेप्यास्त्र परीक्षणहरू भड्काउने उद्देश्यले नगरिएका र यी नियमित तथा आत्मरक्षाका लागि गरिएका बताएको छ । 

उत्तर कोरियाका लागि अमेरिकी दूत स्टिफन बीगुनले दक्षिण कोरियाको राजधानी सउलको चारदिने भ्रमण शुरू भएकै दिन क्षेप्यास्त्र प्रहार गरिएको हो । बीगुनले उत्तरमा खाद्य सहायता बढाउने सम्भावनाका विषयमा छलफल गर्न खोजेका छन् ।

हनोई शिखरवार्ता कुनै निष्कर्षविना नै टुंगिएपछि आणविक निःशस्त्रीकरणको विषय अड्किएको छ र यस्तो अवस्थामा उत्तरले आणविक परीक्षण बढाउँदै लगेको छ ।

आरटीबाट

salt training

कमेन्ट गर्नुहोस्