०९ असार २०८३, मंगलबार

बेहुला प्रचण्ड र बेहुली सीता दाहाल

बैशाख २६, २०७६
बेहुला प्रचण्ड र बेहुली सीता दाहाल

काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रचण्डकी पत्नी सीता दाहाल बेहुला-बेहुली बनेका छन् ।

आफ्नो वैवाहिक जीवनको ५० औं वर्षगाँठका अवसरमा प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्ड र उनकी पत्नी बेहुला-बेहुली बनेका हुन् ।

कार्यक्रममा प्रचण्डले र प्रचण्ड पत्नी दुवैले दुबोको माला लगाएका छन् ।

प्रचण्ड पत्नी सीता लामो समयदेखि अस्वस्थ रहेकी छिन् । कार्यक्रममा बोल्दै प्रचण्डले आज आयोजित कार्यक्रमले सीता दाहालको स्वास्थ्यमा मनोवैज्ञानिक रूपले सकारात्मक प्रभाव पर्ने बताए ।

उक्त समारोहमा प्रधानमन्त्री उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्