३१ जेठ २०८३, आइतबार

प्राथमिक विद्यालय चलाइरहन १५ वटा भेडालाई गरियो भर्ना !

बैशाख २७, २०७६
प्राथमिक विद्यालय चलाइरहन १५ वटा भेडालाई गरियो भर्ना !

काठमाडौं – फ्रान्सको एक प्राथमिक विद्यालयमा १५ वटा भेडालाई भर्ना गरिएको छ । 

उक्त विद्यालयमा केही कक्षा बन्द हुने स्थिति आएपछि यो कदम चालिएको हो । विद्यालयमा जम्मा २६१ विद्यार्थी छन् । केही अभिभावकहरूले स्कूलमा बच्चाको संख्या घटेकोमा गुनासो गरेका थिए । अनि स्कूल प्रशासनले भेडालाई भर्ना गर्ने योजना ल्यायो । 

यो स्कूल क्रेत्स अन बेलडोन शहरमा छ । त्यहाँको जनसंख्या जम्मा चार हजार छ । 

स्कूलमा भर्नाका लागि भेडाहरू एक स्थानीय गोठालोले उपलब्ध गराए । भेडाहरूलाई विद्यालय ल्याइँदा उनीहरूको निगरानी गर्न कुकुर अघिपछि हिँडिरहेका थिए । स्कूलमा भर्ना लिन भेडाहरूको जन्म प्रमाणपत्र पनि पेश गरियो । 

मेयर जाँ लुई मारीले स्कूलमा भेडा भर्ना गर्ने प्रस्ताव राखेका थिए । म्यारीका सन्तान पनि त्यही प्राथमिक विद्यालयमा पढ्छन् । 

भेडाहरू स्कूल आउन थालेपछि बालबालिका पनि खुशी छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्