१४ असार २०८३, आइतबार

विप्लव समूहका नेता पक्राउ गर्न ‘हवाई फायर’

बैशाख २७, २०७६
विप्लव समूहका नेता पक्राउ गर्न ‘हवाई फायर’

काठमाडौं – जिल्ला प्रहरी कार्यालय रुकुमको टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका नेतालाई पक्राउ गर्न जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटमा ‘हवाई फायर’ गरेको छ ।

प्रहरीले हवाई फायर गरेर विप्लव समूहको युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको छ ।

पक्राउ गर्ने क्रममा शर्माको टाउको र प्रहरीलाई सामान्य चोटपटक लागेको जिल्लाका प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुमित खड्काले बताए ।

‘प्रहरीलाई देखेपछि शर्मा भाग्न खोजेका थिए, त्यसपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको हो,’ खड्काले भने, ‘पक्राउ गर्ने क्रममा एक जना प्रहरी समेत घाइते भएका छन् ।’ 

salt training

कमेन्ट गर्नुहोस्