
काठमाडौं –प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई शुक्रवार काठमाडौंबाट पक्राउ गरेको छ ।
अनामनगरमा रहेको युनियन हाउसमा ११ विद्यार्थी सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका ढकाललाई प्रहरीले पक्राउ गरेको ।
११ विद्यार्थी संगठनले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न पत्रकार सम्मेलन गरेको थियो ।
विप्लव निकट विद्यार्थी नेता आउने थाहा पाएपछि पत्रकार सम्मेलन स्थलमा प्रहरी पुगेको थियो । विद्यार्थी नेताको पक्राउप्रति अन्य विद्यार्थी नेताहरूले विरोध जनाएका थिए ।