
पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका–७ सुभाङमा तमोर नदीले बगाएर १ भारतीय नागरिक बेपत्ता भएका छन् ।
बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको बिजुलीको तार विस्तार गर्ने कामदारमध्ये १ जना बेपत्ता भएका हुन् ।
३ जना भारतीय नागरिक नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा १९ वर्षीय मन्जुरी हकलाई नदीले बगाएर बेपत्ता बनाएको हो । अन्य २ जना भने नदी पार गर्न सफल भएका छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट गएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।