१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा पुस्तक विमोचन

बैशाख २८, २०७६
प्रधानमन्त्री ओलीद्वारा पुस्तक विमोचन
फाइल फोटो

हनोई- भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पिस एट ह्याण्ड(नेपालमा शान्ति) शीर्षक पुस्तक शनिवार एक समारोहमा विमोचन गरेका छन् ।

गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा लामो समय बसेका न जुआत  बान होङ दुकले लेखेको सो पुस्तक बौद्ध दर्शनको दृष्टिकोणबाट शान्ति प्रक्रिया र द्वन्द्वबारे विश्लेषण  गरिएको छ । भियतनामी र अंग्रेजी दुवै भाषामा पुस्तक लेखिएको छ । 

समारोहमा प्रधानमन्त्री ओलीले नेपाल बुद्धभूमि मात्र नभएर बौद्धदर्शनको पनि जग भएको बताउँदै कृतिले लुम्बिनी र सगरमाथाबारे जानकारी दिने उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्