१३ असार २०८३, शनिबार

मन्दिर पुनःनिर्माणमा महानगरको ५० लाख सहयोग

बैशाख २८, २०७६
मन्दिर पुनःनिर्माणमा महानगरको ५० लाख सहयोग

काठमाडौं- काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित बेनुगोपाल मन्दिरको पुनःनिर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

कामपाका प्रमुख विधासुन्दर शाक्यले शनिवार मन्दिरको पुनःनिर्माणको अवस्था अवलोकन गर्दै उक्त मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष शिवराम राजवंशीलाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रमुख शाक्यले महानगरले खुला ठाउँमा नयाँ मन्दिर बनाउन नदिने तर पहिले भएका मठमन्दिरको संरक्षण र मर्मतका लागि सहयोग गर्ने बताए ।

प्रमुख शाक्यले कामपाको समृद्धिका लागि  केही योजना र सोच छन् भने लिएर सम्बन्धित वडा कार्यालयमा जान वडावासीलाई आग्रह गरे । आव २०७६/०७७ को बजेट विकास र आवश्यकताअनुरूप नै तय गरिने उनले जानकारी गराए । 

मन्दिर निर्माणको कामले वडावासीलाई आपसी भावनामा बाँधिन सहयोग पुग्ने बताउँदै २९ वडाका वडाध्यक्ष कुश ढकालले सामाजिक लाभका काममा लाग्न वडावासीलाई आग्रह गरे । 

स्थानीयले मन्दिरको पुनःनिर्माणमा कामपासँग आर्थिक माग गरेपछि महानगरकोतर्फबाट ५० लाख रुपैयाँ उपलब्ध गराइएको हो । निर्माणको काम पूरा गराउन करीब २३ करोड अनुमान गरिएको छ ।

यस लगानीमा दुई करोड २५ लाख भक्तले दिएको दानबाट संकलन भइसकेको छ । यसका लागि प्रदेशसभाका सदस्य दीपेन्द्र श्रेष्ठले ५० लाख उपलब्ध गराउँदैछन् । मन्दिर निर्माण समितिका अध्यक्ष, शिवराम राजवंशीले तीन लाख, सामुदायिक प्रहरी सेवाका अध्यक्ष टङ्क श्रेष्ठले एक लाख प्रदान गर्ने छन् । स्थानीय रामदेवी श्रेष्ठले मन्दिरका नाममा उपलब्ध गराएको जग्गामा विसं २०३४ मा यो मन्दिर निर्माण गराइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्