काठमाडौं- गायक तथा रचनाकार स्वपनील शर्माको 'जोशिलो छौं हामी' बोलको गीत सार्वजनिक भएको छ ।
गोर्खा नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई गोर्खा बीयरको 'एन्थम सङ्स्' भनिएको छ ।
यस गीतले वीर गोर्खाली मुटु र नेपालीको जीवन्त भावनालाई सम्मान गर्ने र नेपालीको वास्तविक भावनालाई राम्ररी बुझाउने गोर्खा नेपालको भनाइ छ ।
परम्परागत बाजाहरूले यो गीतलाई बेग्लै मौलिकता प्रदान गरेको छ ।
भिडियो हेर्नुहोस् :