काठमाडौं – एक चिनियाँ व्यक्तिको कान निकै चिलाएपछि उनी डाक्टरलाई देखाउन पुगे । कानभित्र हेर्दा त माकुराले जाली बनाएर बसेको पो रहेछ ।
ली नामले चिनिएका व्यक्ति याङ्चोस्थित याङ्चो युनिभर्सिटी मेडिकल स्कूलमा उपचारका लागि पुगेका थिए । केही कुरा घस्रिरहेपछि अनि चिलाएको चिलायै गर्न थालेपछि त्यहाँ उनले ईएनटी विशेषज्ञलाई कान देखाए ।
डाक्टरहरूले नांगो आँखाले हेर्दा शुरूमा त केही पनि देखेनन् । तर पछि माइक्रोस्कोप लगाएर हेर्दा उनीहरूले लीको कानभित्र खैरो माकुरो घुमिरहेको देखे ।
माकुरोले लीको कानभित्र जालो बनाएकाले ऊ निकै समयदेखि लीको कानभित्र रहेको हुनुपर्ने आशंका चिकित्सकहरूले गरेका छन् ।
सौभाग्यवश माकुरोलाई कानबाट समयमै हटाइयो र रोगीलाई कुनै घाउचोट लागेन । चिकित्सकले लीको कानमा नूनिलो पानी हाले अनि सहजै माकुरोलाई हटाए ।
एजेन्सी