२८ जेठ २०८३, बिहीबार

श्रीलंकाको मस्जिदमा तोडफोड गरिएपछि सामाजिक सञ्जालमा प्रतिबन्ध

बैशाख ३०, २०७६
श्रीलंकाको मस्जिदमा तोडफोड गरिएपछि सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौं – एक फेसबूक पोस्टका कारण श्रीलंकाको पश्चिमी तटीय शहर चिलामा आइतवार साँझ हिंसा भड्किएको छ । अनेकौं मानिसले मस्जिद र मुसलमान समुदायका पसलमा ढुंगामुढा प्रहार गरेको खबर छ । 

घटनापछि श्रीलंका सरकारले सामाजिक सञ्जालमाथि फेरि प्रतिबन्ध लगाएको छ । 

प्रहरी प्रवक्ता रुवान गुनशेखराले चिला इलाकामा कर्फ्यु लगाइएको बताए । श्रीलंकामा शृंखलाबद्ध आक्रमणपछि स्थिपत अझै पनि सामान्य हुन सकेको छैन । 

प्रवक्ताले भने, ‘स्थिति नियन्त्रणका लागि चिला इलाकामा तत्कालै लागू हुने गरी कर्फ्यु लगाइएको छ ।’ अहिले चाहिँ कर्फ्यु खोलिएको छ । 

विवादास्पद फेसबूक पोस्टमा ‘हामीलाई रुवाउन गाह्रो छ’ भन्दै मुसलमान समुदायविरुद्ध बयानबाजी गरिएको छ । पोस्ट स्थानीय भाषामा लेखिएको छ । त्यसमा एक मुसलमान नाम भएका प्रयोगकर्ताले लेखे, ‘धेर नहाँस, एक दिन तिमी रुनेछौ ।’

स्थानीय प्रशासनका अनुसार, फेसबूक प्रयोगकर्तालाई पक्राउ गरिएको छ । उनको नाम हमीद मोहम्मद हसमार हो । उनी चिलामै बस्छन् । त्यहाँ इसाइ समुदायका मानिसको बाहुल्य छ । क्रुद्ध भीडले आरोपितलाई बेस्सरी पिटेको छ । 
एक स्थानीय मुसलमान युवकले नाम नछाप्ने शर्तमा भने, ‘त्यसपछि केही मानिसले मस्जिद र मुसलमान युवकहरूमाथि ढुंगामुढा गरे । अहिले स्थिति नियन्त्रणमा छ तर राति डर लाग्छ । एउटा मस्जिदमा निकै तोडफोड भएको छ ।’

केही मानिसले मुसलमानको पसलमा ढुंगा हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । 

सरकारले आतंकवादीहरूलाई पक्रिन नसकेको भन्दै क्ही समुदायहरूले चिन्ता व्यक्त गरेका छन् । 

श्रीलंकामा तीन हप्ताअघि चार होटल र दुई चर्चमा भएका विस्फोटमा २५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । आक्रमण आतंकवादी समूह इस्लामिक स्टेटले क्रिस्चियनहरूको पवित्र पर्व ईस्टरमा गराएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्