२४ जेठ २०८३, आइतबार

चमत्कारी पाइलट : अगाडिका दुईवटा चक्का नखुले पनि गराए विमान अवतरण (भिडियो)

बैशाख ३०, २०७६
चमत्कारी पाइलट : अगाडिका दुईवटा चक्का नखुले पनि गराए विमान अवतरण (भिडियो)

काठमाडौं – म्यान्मारको राष्ट्रिय एयरलाइन्सका एक पाइलटले आइतवार माण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा अगाडिका दुईवटा चक्का नखुलेपनि विमानलाई सुरक्षित रूपमा आकस्मिक अवतरण गराउन सफल भएका छन् । 

विमानमा सवार सबै ८९ व्यक्ति सकुशल रहेको एक विमानस्थल अधिकारीले बताए । 

इम्ब्राएर १९०एएआर विमान यांगोनबाट ८२ यात्रु र सात विमान कर्मचारीलाई लिएर आइपुग्दा दुर्घटना भएको विमानस्थल कर्मचारी ऊ क्या सानले बताए । 

‘विमानको अगाडिपट्टिको चक्का नखुलेको भनी पाइलटले अवतरण गर्नुभन्दा अलिक अगाडि हामीलाई जानकारी दिए,’ उनले बताए ।

‘हामीहरू उद्धार टोली, अग्निनियन्त्रक तथा अन्य आपतकालीन कर्मचारीहरूका साथ विमान अवतरणको प्रतीक्षा गरिबस्यौं । विमान पहिला त पछाडिका चक्कामा ओर्लियो अनि त्यसको अगाडिपट्टिको भाग धावनमार्गमा चिप्लियो र रोकियो,’ ऊ क्या सानले बताए ।

विमान यांगोन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजे उडेर माण्डलेमा बिहान ९ बजे ओर्लिएको थियो । 

अगाडिको चक्कामा समस्या आएको कुरा पाइलटले अवतरण गर्ने बेलामा थाहा पाए । 

उनले ट्राफिक कन्ट्रोलमाथि दुईचोटि विमान उडाए । उनीहरूले अगाडिको चक्का बाहिर निस्केको छ कि छैन भनी थाहा पाऊन् भनेर दुई फन्का मारेका थिए । अनि उनले विमानको इन्धन सक्नका लागि पनि विमान उडाइरहेका हुन् । त्यसपछि बल्ल उनले आकस्मिक अवतरण गराएको म्यान्मार राष्ट्रिय विमानसेवाले जनायो ।

यस्तो स्थिति सम्हालेकोमा अनि राम्रोसँग विमान अवतरण गराउन सकेकोमा यात्रुहरूले पाइलटको प्रशंसा गरेको डा विन म्याले बताए । उनी पनि उक्त विमानमा सवार थिए । 

‘विमानले विमानस्थलको फन्को मारिरहेको  मैले थाहा पाएँ अनि किन यसो गरेको होला भन्ने आश्चर्य मानें । दुईचोटि फन्को मारेपछि क्याप्टेनले आकस्मिक अवतरण गर्न लागेको बताए,’ उनले भने, ‘विमानका दुईमध्ये एक चक्का मात्र खुलेको थियो ।’

पाइलटले यात्रुहरूलाई एयर होस्टेसको निर्देशन अनुसरण गर्न भनेको र विमान अवतरण गरेपछि आपतकालीन द्वार प्रयोग गर्न भनेको डा विन म्याले बताए । 

‘उनले पहिला विमानलाई चिप्ल्याए र हामीहरूले उनीहरूको निर्देशन पालना ग–यौं । विमान थर्किएको दुईपटक मात्र हामीले थाहा पायौं र विमानबाट अलिकति धूवाँ आइरहेको देख्यौं,’ उनले भने । 
विमान २५ सेकेन्डसम्म चिप्लिएको थियो ।

म्यान्मारको नागरिक उड्डयन मन्त्रालयले घटनाको अनुसन्धान गरिरहेको छ । बुधवार बेलुका मात्र पनि यांगोन विमानस्थलमा विमान बंगलादेशको विमान आकस्मिक अवतरण गरिएको थियो । उक्त घटनामा २० जना घाइते भएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्