
एजेन्सी-चेन्नई सुपर किंग्सका स्पिनर इमरान ताहिरले इन्डियन प्रिमियर लीग (आईपीएल)को १२ औं संस्करणमा सबैभन्दा बढी विकेट लिए ।
आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडीलाई पर्पल क्याप दिने गरिन्छ । ताहिरले यस सिजन १७ म्याचमा कुल २६ विकेट लिए ।
यस क्रममा ताहिरको उत्कृष्ट प्रदर्शन १२ रन दिएर ४ विकेट रह्यो । ताहिरले यो सिजनमा ४३१ रन खर्चिए ।
ताहिर एक सत्रमा सर्वाधिक विकेट लिने स्पिनर पनि बनेका छन् । उनले सुनिल नरेन (२०१२) र हरभजन सिंह (२०१३) मा समान २४-२४ विकेट लिएका थिए । उता प्रज्ञान ओझाले सन् २०१० मा २१ विकेट लिएर पर्पल क्याप हात पारेका थिए ।
दोस्रो स्थानमा दिल्ली क्यापिटल्सका कागिसो रबाडा रहे । उनले १२ म्याचमा ३६८ रन खर्चिएर कुल २५ विकेट लिए ।
त्यस्तै तेस्रो स्थानमा चेन्नईका दीपक चाहर रहे । उनले फाइनलमा तीन विकेट लिएका थिए । उनले यस सिजन १७ खेलमा २२ विकेट लिए ।