माघ १५, २०७९
संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आएकी छन् । दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूतावासल...
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की भागरथी लुहारले सिलाइ कटाइको तालिम लिएपछि यसैलाई व्यावसायिक पेशा अँगाल्ने योजना बनाएकी छन् । परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन उनले तालिमपश्चात् निःशुल्क रूपमा पाएको सिलाइ मेसिन पाएपछि यसैलाई पेशा बनाउने योजना बनाएकी छन् ।
भारतमा होटेलमा काम गर्ने श्रीमान कमाइले उनको पारिवारिक खर्च मुस्किलले चल्ने गरेको छ । 'श्रीमान् एक्लैको कमाइले परिवार चलाउन मुस्किल छ,' उनले भनिन्, 'आर्थिक अवस्थामा सुधार ल्याउन पसल राखेर कपडा सिलाइको कार्य अगाडि बढाउँछु ।' घरका दुई जनाले कमाउन थालेपछि विपन्नता हटाएर आर्थिकरुपमा सबल बन्न सकिने उनको भनाइ छ । दुई महिने एक तहको कक्षा उत्तीर्ण गरेका भागरथीले लेडिज सुट, पेटिकोट, ब्लाउज, म्याक्सीलगायतका कपडा सिलाउन सिकेकी छन् ।
आर्थिक रूपमा विपन्न मुक्त हलियाका महिलालाई आत्मनिर्भर बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा सञ्चालित दुईमहिने एक तहको कक्षाबाट ५० महिलाले सिलाइ कटाइसम्बन्धी तालिम लिएका छन् । तालिम लिएका महिला सिलाइ कटाइमा दक्षता हासिल गरेपछि आम्दानी बढ्नेमा ढुक्क छन् ।
तालिममा सहभागी नगरपालिका–८ जुडाकी कल्पना महरले भाइबहिनीको विद्यालय खर्च धान्नकै लागि अर्काको पसलमा कपडा सिलाइ कार्य गर्दै आएको बताइन् । घरको आर्थिक अवस्था दयनीय हुँदा बुबाले भारतमा छ महिना मजदूरी गरी ल्याएको रकमले परिवारको खर्च नचल्ने भएकाले अर्काको पसलमा काम गर्नुपरेको उनले बताइन् । 'सीप नहुँदा सिलाइको कामबाट थोरै मात्र पारिश्रमिक पाउँदै आएको थिएँ,' उनले भनिन्, 'सीप सिकेर दक्ष बनेपछि पारिश्रमिक पनि सोहीअनुसारको पाइने भएको छ ।'
नगरपालिकाको वडा नं २ का चाँदनी आग्रीले कुनै पनि सीप नहुँदा चुलोचौको र मेलापातमै दिन खर्चिँदै आएकी थिइन् । सिलाइकटाइको तालिम पाएपछि उनको सोचमै परिवर्तन आएको छ । उनी भन्छिन्, 'सिलाइकटाइको पसल राखेर गाडी चालक श्रीमानको भन्दा बढी कमाइ गर्न आतुर छु ।'
राष्ट्रिय मुक्त हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारले मुक्त हलिया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन विपन्नताका आधारमा महिलाको छनोट गरी सिलाइकटाइ तालिम दिइएको बताए ।
संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आएकी छन् । दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूतावासल...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ। मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमा...
भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको...
कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताएका छन् । प्रेस सेन्टर नेपाल १९औँ स्थापना दिवसका अवसरमा उक्त सङ्गठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधा...
शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात ...
बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरिएको ‘मिनी ग्रेटवाल’ को हालसम्म एक हजार तीन सय मिटर दूरी निर्माण कार्य सम्पन्न भएको छ । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण &...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...