
काठमाडौं-सोमवार ललितपुरमा शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवका अवसरमा विशेष कार्यक्रम भइरहेको छ ।
जोशीलाई ललितपुर महानगरपालिकाले बग्गीमा राखेर नगर परिक्रमा गराइरहेको छ ।
कार्यक्रम साढे ११ बजेदेखि शुरू भएको हो ।

जोशीलाई जन्मदिनको शुभकामना दिन आज बिहानैदेखि उनको निवासमा मानिसहरूको भीड लागेको थियो ।
सत्यमोहनको सम्मानमा निकालिएको र्यालीमा विद्यार्थी, स्थानीय र बुद्धिजीवीहरूको सहभागिता रहेको छ ।