०२ असार २०८३, मंगलबार

चिनियाँ धावकले ४३३ दिनमा पूरा गरे २४ हजार किलोमिटर !

बैशाख ३०, २०७६
चिनियाँ धावकले ४३३ दिनमा पूरा गरे २४ हजार किलोमिटर !

काठमाडौं – चीनका धावक बेई बिनले उत्तरी ध्रुवबाट दक्षिणी ध्रुवसम्मको यात्रा दौडेर पूरा गरेका छन् । उनको दौड ४३३ दिनसम्म रह्यो । 

यसक्रममा बिनले २४ हजार ११० किलोमिटरको यात्रा गरे । अर्थात् उनी दिनमा औसत ५६ किलोमिटर दौडिए । 

बिन १३ देशका ६५ शहर हुँदै दौडिएका हुन् । ती १३ देशमा अमेरिका, क्यानडा, चिली, मेक्सिको, ग्वाटेमाला, कोस्टारिका, अर्जेन्टिना र पेरु पनि छन् । 

उनले मार्च २०१८ मा चीनबाट यात्रा शुरू गरेका थिए । दौडिने क्रममा उनले अनेकौं क्षेत्रमा माइनस १० डिग्रीको तापक्रम पनि झेल्नुपरेको थियो भने कतै ३० देखि ३५ डिग्री सेल्सियस रह्यो । 

बिनले भने, ‘म लगभग तीन वर्षदेखि यो चुनौतीको तयारी गरिरहेको थिएँ । सन् २०११ मा पनि मैले १० हजार किलोमिटरको चुनौती लिइसकेको हुँ । त्यसैले म एक ध्रुवबाट अर्को ध्रुवसम्मको चुनौती पूरा गर्न सक्छु भन्ने विश्वास गर्थें । दिनको ६० दृखि ७० किलोमिटर दौडिनु त मेरो तालिममा पर्छ ।’

‘ध्रुवमा परिस्थिति विपरीत हुनाले केही किलोमिटर फरक पर्न सक्छ । त्यसमा कुनै समस्या छैन । मैले आफ्नो शरीरको सहनशक्ति बढाउनुपर्ने थियो र मौसम र तापक्रमको परिवर्तनलाई एड्जस्ट गर्नुपर्ने थियो । म बिहान ५ बजेदेखि दौडिन शुरू गर्थें अनि अलिअलि गर्दै कतै कतै रोकिँदै राति ८ देखि ९ बजेसम्म दौडिन्थें । अनि डिनर र एक घन्टाको फिजिकल थेरापीपछि आराम गर्थें अनि भोलिपल्ट त्यही शेड्युल पछ्याउँथें ।’

बेई बिनले सन् २०११ मा १५० दिनमा १० हजार किलोमिटरभन्दा बढी दौडिने कीर्तिमान बनाएका थिए । त्यतिखेर उनी ६ देश हुँदै दौडिएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्