२३ जेठ २०८३, शनिबार

नेपाल र कम्बोडियाबीच विभिन्न विषयमा सहमति

बैशाख ३०, २०७६
नेपाल र कम्बोडियाबीच विभिन्न विषयमा सहमति

कम्बोडिया– नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु¥याउने विषयमा सहमति गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो । 
    उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा  हस्ताक्षर गरे । 
त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो ।  दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्