३१ जेठ २०८३, आइतबार

१५ वर्षीया किशोरीको हत्या आरोपमा समातिए बाँस्तोला

बैशाख ३०, २०७६
१५ वर्षीया किशोरीको हत्या आरोपमा समातिए बाँस्तोला

पाँचथर–हिलिहाङ गाउँपालिकाकी १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचथर फाल्गुनन्द गाउँपालिका–२ का भगिरथ बाँस्तोलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । 
बाँस्तोलाले प्रारम्भिक बयानमा आफू र सोही स्थान बस्ने मृतकका प्रेमी पदम तामाङ मिलेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । 

 बाँस्तोला पक्राउ परे पनि अर्का आरोपित तामाङ भने अझै फरार रहेका छन् । 
उनको खोजी कार्य भइरहेको बताइएको छ । किशोरी शितल योङहाङको आइतबार राति वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्