२७ जेठ २०८३, बुधबार

महान्यायाधीवक्ता खरेलद्वारा ९ वटा समूह बनाएर अनुगमन

बैशाख ३१, २०७६
महान्यायाधीवक्ता खरेलद्वारा ९ वटा समूह बनाएर अनुगमन
फाइल फोटो

काठमाडौं- महान्यायाधीवक्ता अग्नि खरेलले मुलुकी संहिता आएको ९ महिनाको अवधिमा अपराध अनुसन्धान र अभियोजनको बारेमा ९ वटा समूह बनाएर २६ जिल्लामा महान्यायाधीवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयले अनुसन्धान तथा अभियोजनको अवस्था अनुगमन गरेको जानकारी दिएका छन् । 

अनुगमनको क्रममा कार्यसम्पादनमा सुधार ल्याउन मार्गनिर्देशन गरिनुका साथै महान्यायाधीवक्ताको कार्यालयले कार्यालय अनुगमन तथा अभियोगन परीक्षक निर्देशिका समेत तयारी गरी सोही अनुसार अनुगमन गर्न थालिएको उनले जानकारी दिए । 

विगत ५ वर्षको अवधिमा सरकारी वकिलको कार्यबोझमा ६५ प्रतिशतले वृद्धि भएको पनि खरेलले जानकारी दिए । 

हाल कार्यालय र मातहतका कार्यालयमा सरकारी वकिल ४४० सहित १५ सय ४ जनाको दरबन्दी रहेको छ । कार्य बोझअनुसारको दरबन्दी कायम गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको खरेलले बताए । 

अनुगमनबाट हाल १२७ जना सरकारी वकिलसहित २४५ दरबन्दी आवश्यक गर्ने प्रारम्भिक अनुमान समेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्