
काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन डङरङ्ङै पछारिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
आईसहकीको एक मैत्री खेलमा दर्शकहरूलाई अभिवादन गर्ने क्रममा पुटिन पछारिएका हुन् । उनका दुई सहयोगीले उनलाई उठाउन अघि बढेको भए पनि उनी कसैको सहायता नलिई आफैं उठे ।
रुसको सोचीस्थित ब्ल्याक सी रिजोर्टमा बोल्शोई आईस एरिनामा रुसी सेलेब्रिटीको टोली अनि पुटिन एवं उनका सहयोगीबीच शुक्रवार यो म्याच आयोजना गरिएको थियो । म्याचमा पुटिनले सहयोगीहरूसँग मिलेर प्रतिद्वन्द्वी टोलीलाई नौ गोल हाने ।
आइतवार बेलुका टेलिभिजनमा म्याचको फूटेज प्रकाशित भएको थियो ।
खेलका शौखीन पुटिनले रुसमा स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नका लागि निकै काम गरेका छन् ।
यसअघि पुटिनले फिनल्यान्डका राष्ट्रपति साउली निनिस्तोसँग आईसहकी खेलिसकेका छन् ।
केही वर्ष अघिसम्म हिउँमा उभिन पनि नसक्ने अनि कुर्सी समातेर स्केटिङ गर्न सिकेको पुटिनले बताए ।
#Putin's rise and fall. Cue the Benny Hill music... pic.twitter.com/4VAmpHvy7n
— Glasnost Gone (@GlasnostGone) May 11, 2019
एजेन्सी