
भैहरवा– २५ रुपैयाँमै खाना ! सुन्दा पत्यार नलाग्न सक्छ र तर, सत्य हो । भैरहवाका एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुलाउन थालेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।
व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा स्थापना गरेको मायादेवी च्यारिटेबल फाउन्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् ।
शाकाहारी खाना निम्न आय भएका वर्गलाई खुवाउने रौनियारले उद्देश्य राखेका छन् ।