०१ साउन २०८३, शुक्रबार

यसकारण मोदीमाथि आक्रमण गर्दैछिन् मायावती !

यसकारण मोदीमाथि आक्रमण गर्दैछिन् मायावती !

काठमाडौं – बहुजन समाज पार्टी (बसपा) प्रमुख मायावतीको राजनीतिक दिनचर्यामा परिवर्तन आएको देखिन्छ । छैठौं चरणको मतदानसम्म चुनावी सभामा उनले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गरिरहन्थिन् । 

सातौं तथा अन्तिम चरणमा पनि उनले मोदीमाथिको आक्रमण जारी राखेकी छन् । मायावतीको आक्रामक व्यवहार निजी आक्रमणमा परिणत भइसकेको छ । 

विज्ञहरूले बताएअनुसार, अन्तिम चरणको लडाईं निकै प्रतिस्पर्धात्मक हुने भएकाले मायावती आफ्नो कोर भोटर नभड्किऊन् भन्ने चाहन्छिन् । मोदीसँग सीधै प्रतिस्पर्धा हुँदा मे २३ पछि कसैको बहुमत नआउने स्थिति बनेमा विकल्प बन्ने रणनीति मायावतीले बनाएकी पनि हुन सक्छिन् । 

उत्तर प्रदेशमा अन्तिम चरणको १३ सीटमा चुनाव हसन बाँकी छ । यी सबै सीट पूर्वाञ्चलमा पर्छन् । तीमध्ये धेरैजसो सीटमा पिछडिएको वर्ग र दलितको बाहुल्य छ । पिछडामा पनि गैरयादव अतिपिछडिएका जातिहरू धेरैजसो सीटमा प्रभावकारी छन् । 

सन् २०१४ को लोकसभा अनि सन् २०१७ को विधानसभा चुनावमा भाजपाले दलित भोट पनि राम्रैसँग पाएको थियो । पूर्वाञ्चलको जातीय कुरुक्षेत्रमा मोदीको नेतृत्वमा भाजपाले बसपाको कोर भोट पाउने आशा गरेको छ । प्रधानमन्त्री मोदीले राजस्थानको अलवरमा भएको सामूहिक बलात्कारको वीभत्स घटनामा मायावतीको जवाफदेहिता देखाएर यसको नजीर कायम गरेका छन् ।

सीधै लडाईं हुँदा आफ्ना कोर भोटर मायावतीले जोगाउनैपर्नेछ अनि अनिश्चित मतदातालाई पनि आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । महागठबन्धनसँग जोडिएका सूत्रहरूका अनुसार, मायावतीले मोदीमाथि तीखो आक्रमण गर्नु भनेको यही रणनीतिको एक अंग हुन सक्छ । 

बीएसपीका एक नेताले बताएअनुसार, मायावतीले मोदीमाथि सीधै र निजी आक्रमण गरेर आफ्नो जीतमा सुनिश्चित रहेको र बीजेपी हारिरहेको सन्देश भोटरहरूलाई दिन खोजेकी छन् । कोर भोटरलाई कायम राख्न तथा गठबन्धनको गणितलाई बलियो बनाउन पनि उनले मोदी आक्रमण तीव्र पार्नैपर्ने बाध्यता छ । यसको वाञ्चिछ असर परेमा भाजपाको पक्षमा जान सक्ने गैरजाटव र अतिपिछडिएको जातिको भोटरलाई पजि गठबन्धनमा फर्काउन सहज हुन्छ । 

सन् २०१९ को चुनावमा मोदीका लागि सबभन्दा ठूलो अवरोध उत्तर प्रदेश नै बन्ने देखिन्छ । सन् २०१४ मा यूपीले नै मोदीलाई शीर्ष स्थानमा पु–याएको थियो । यूपीमा नोक्सानी भए पनि पश्चिम बंगालबाट भरपाई हुने आशा भाजपाले लिएको छ । 

विपक्षी एकताका सूत्रधारहरू मायावती र ममता बनर्जी नै हुन् । अनि मायावती प्रधानमन्त्री बन्ने सपनालाई उनका गठबन्धन साझेदार अखिलेश यादवदेखि लिएर बिहारमा आरजेडी प्रमुख लालु प्रसाद यादवले पनि सहयोग गरेका छन् । 

तर मायावती लगायतका विपक्षीले दिल्लीमा शासन चलाउनका लागि उत्तर प्रदेशमा भाजपाको निकै नोक्सानी हुनुपर्ने देखिन्छ । यस्तो स्थिति बनेछ भने मायावतीले गठबन्धनको नेताको हैसियतले दिल्लीका राजनीतिक निर्णयहरूमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् । त्यसैले पनि उनी चुनाव सकिन लाग्दा आफूलाई मोदीको घोर विरोधीका रूपमा प्रस्तुत गर्दैछिन् । मतपरिणाम आउनुअघि विपक्षी दलका बैठकमा पनि सपा र बसपाको दूरी पनि सबै विकल्प खुला राख्नेतर्फ इशारा गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्