
काठमाडौं- महानगरीय प्रहरी प्रभाग साँखुले बालिका बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
शंखरापुर नगरपालिका– १ नाङ्लेभारेकी १६ वर्षीया बालिका बलात्कार गरी फरार भएको अभियोगमा सोही ठेगाना भएको ३१ वर्षीय गुन्जबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गाँउको बिहेको निम्ता मानेर फर्कँदै गर्दा आइतवार राति तामाङले जबरजस्ती गर्न खोजेको पीडित पक्षको आरोप छ ।
घटनापछि फरार भएको तामाङलाई शंखरापुरको इन्द्रेणीबाट पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखु प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए ।
खनालले भने, 'तामाङलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त बौद्ध पठाएका छौं । घटनाको थप अनुसन्धान भइरहेको छ ।'