२८ जेठ २०८३, बिहीबार

मन्त्री मातृका यादवको कार्यकक्षमा तनाव

मन्त्री मातृका यादवको कार्यकक्षमा तनाव
प्रतिकात्मक तस्वीर

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको कार्यकक्षमा तनाव भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा कांग्रेस निकट कर्मचारी संगठनका सरकारी कर्मचारीले मन्त्रीको कार्यकक्ष र सचिवालयमा वादविवाद गर्दा तनाव भएको हो ।

कर्मचारी सरुवा र पदस्थापनको विषयमा असन्तुष्ट कर्मचारीले मन्त्रीको कार्यकक्षमा गएर विवाद गरेपछि तनाव उत्पन्न भएको मन्त्रालयका एक अधिकारीले जनाएका छन् ।

मन्त्रीको सचिवालयमा गएर निजी सचिव प्रेम आचार्यसँग वादविवाद गरेपछि असन्तुष्ट कर्मचारीले मन्त्रीकै कार्यकक्षमा गएर विवाद गर्न खोजको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्