२६ जेठ २०८३, मंगलबार

ऋषभ पन्तको ठाउँमा किन लिइयो दिनेश कार्तिकलाई ? कोहलीले दिए जवाफ

ऋषभ पन्तको ठाउँमा किन लिइयो दिनेश कार्तिकलाई ? कोहलीले दिए जवाफ

काठमाडौं – विश्वकपका लागि छानिएको टोलीमा दिनेश कार्तिकको अनुभव र दबाबको स्थितिमा शान्त रहने शक्तिका कारण ऋषभ पन्तको स्थानमा उनलाई राखिएको भारतीय कप्तान विराट कोहलीले बताएका छन् । 

विश्वकपको टोलीमा छानिएका १५ जना खेलाडीमा पन्तको नाम समावेश गरिएको छैन जबकि पन्तको ब्याटिङ निकै विस्फोटक छ । 

त्यसो त क्रिकेट टोलीहरूले जेठ ९ गतेसम्म खेलाडी परिवर्तन गर्न पाउँछन् । तर भारतले २१ वर्षीय पन्तलाई मिस गर्ने पूर्वखेलाडीहरूले बताएका छन् । 

विश्वकप क्रिकेट जेठ १६ गतेबाट शुरू हुँदैछ ।

‘दबाबको स्थितिमा उनले धैर्य देखाएका छन्,’ कोहलीले कार्तिकको विषयमा भने, ‘सबैजना यस विषयमा विश्वस्त थिए । उनीसँग अनुभव छ । कथंकदाचित् धोनीलाई केही भइहाल्यो भने कार्तिक विकेटपछाडि अत्यन्तै महत्त्वपूर्ण साबित हुन सक्छन् । फिनिशरका रूपमा उनले उल्लेख्य प्रदर्शन गरेका छन् ।’

‘त्यसैले यति भव्य प्रतियोगितामा पहिले पनि एक्सपोजर पाएको व्यक्तिलाई छान्ने कुरा प्राथमिकतामा रह्यो ।’

कार्तिकले सन् २००४ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । उनले भारतका लागि एकदिवसीयमा ९१ म्याच खेलेका छन् । उनको तुलनामा देब्रे हाते पन्तले जम्मा पाँच म्याच खेलेका छन् । सन् २०१८ को अक्टोबरमा उनले डेब्यु गरेका हुन् । 

कार्तिकले भारतका लागि २६ टेस्ट म्याच पनि खेलेका छन् र उनी जुनसुकै ब्याटिङ अर्डरमा पनि खेल्न सक्छन् ।

द टाइम्स अफ इन्डियाबाट

salt training

कमेन्ट गर्नुहोस्