११ असार २०८३, बिहीबार

अस्पतालमा बच्चा छाडेको अभियोगमा पक्राउ परेकी पूर्वसभासद रिहा

जेठ २, २०७६
अस्पतालमा बच्चा छाडेको अभियोगमा पक्राउ परेकी पूर्वसभासद रिहा

काठमाडौं– आफ्नै शिशुलाई अस्पतालमा वेवारिसे छाडेको अभियोगमा मुद्दा दायर गरिएका पूर्व सभासद गायत्री साह र उनका श्रीमान राजेश महतो थुनामुक्त भएका छन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । 

ललितपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले साहलाई साधारण तारेखमा रिहा गरेको छ। त्यस्तै महतोलाई २० हजार धरौटी माग गरिएकोमा सो बुझाएर उनी पनि थुनामुक्त भएका छन्।

गत बैशाख २२ गते साह र महतोद्वयलाई ललितपुरस्थित मेडिसिटि अस्पताल परिसरबाट प्रहरीले पक्राउ गरेको थियो। बेवारिसे ढंगले शिशु छोडेको किटानी जाहेरी मेडिसिटि अस्पतालले दिएपछि प्रहरीले उनीहरूलाई अस्पतालबाटै पक्राउ गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्