
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो । जनसंगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटे पनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लागेको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।