
काठमाडौं – सुनिल ग्रोभरले कपिल शर्माको कमेडी शो नहेर्ने गरेको बताएका छन् ।
सुनिल ग्रोभर र कपिल शर्माका बीच सन् २०१७ मा ठूलो झगडा भएको थियो । उनीहरू पहिला एउटै शोमा काम गर्थे तर झगडा भएपछि छुट्टिए ।
पछि कपिलले सुनिललाई शोमा फर्किन भने अनि उनलाई आफ्नो विवाहमा पनि बोलाए । तर सुनिल दुवै ठाउँमा गएनन् ।
अब सुनिल सलमान खानको फिल्म भारतमा देखिँदैछन् । फिल्मको निर्देशन अली अब्बास जफरले गरेका हुन् ।
हालै पत्रकारसँगको भेटघाटमा सुनिललाई कपिलको शोमा भाग लिनुहुन्छ अनि सलमानले शोको निर्माण गरेकाले शोमा देखिनुहुन्छ कि भनी सोधिएको थियो ।
सुनिलले यस विषयमा सलमानसँग कुरा गरेको बताए । सलमानले शोमा जान सुझाव दिएको तर कर नगरेको उनको भनाइ छ ।
आफू शोमा नभएपछि शो पनि हेर्ने नगरेको उनले बताए ।
सुनिलले खेलेको भारत फिल्ममा कट्रिना कैफ, दिशा पाटनी, तब्बु, ज्याकी श्रोफ र नोरा फतेही पनि छन् । फिल्म जुन ५ मा सार्वजनिक हुँदैछ ।
एजेन्सी