मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जेठ २, २०७६
काठमाडौं – वैशाख २० गते आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारका नीति तथा कार्यक्रम पारित हुने दिनमा प्रतिनिधि सभाको बैठकमा केही ‘असंसदीय’ शव्दहरू प्रयोग भए । सांसदले उठाएका प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निम्छरो’ प्रश्नको जवाफ नदिने बताए ।
प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेर संसद र सांसदको मानमर्दन गरेको भन्दै कांग्रेसले संसदमा विरोध जनायो । ‘निम्छरो’ शव्द आफैंमा असंसदीय शव्द हो होइन भन्नेमा बहस छ ।
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम ४८ मा कसैलाई आक्षेप लगाएर प्रश्न सोध्न नपाइने उल्लेख छ ।
प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेकोमा त्यो शव्द हटाउन ‘रुलिङ’ गर्न कांग्रेसले सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गरायो । प्रधानमन्त्रीले संसदमा सांसद सदस्यहरुको अपमान गर्दापनि सभामुख मुकदर्शक बनेको आरोप कांग्रेसले लगायो ।
वैशाख २५ गते काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई रुलिङ गर्न नसक्ने ‘डरपोक र कातर’ भनेर आरोप लगाए ।
देउवाले आरोप लगाएको पर्सिपल्ट २७ वैशाखको प्रतिनिधिसभा बैठकमा सभामुख महराले सरकारका नीति तथा कार्यक्रम पारित गर्ने क्रममा प्रयोग भएका ‘असंसदीय शव्द’ रेकर्डबाट हटाउन रुलिङ गरे ।
लगत्तै नेकपाका सांसद खगराज अधिकारीले प्रतिपक्षको तर्फबाट प्रयोग भएका असंसदीय शव्द पनि हटाउन माग गरे । सभामुख महराले सबै असंसदीय शव्द हटाउन भनिएको प्रस्टीकरण दिए ।
तर बुधवार कम्बोडिया र भियतनामबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओलीले आफूले बोलेको नभइ कांग्रेस सांसदले बोलेका शव्द हटाइएको दाबी गरे । ‘मैले गैरसंसदीय शव्द प्रयोग गरेको छैन । सभामुखले पनि मैले कुनै गैरसंसदीय शव्द प्रयोग गरेको र त्यसलाई हटाउनुपर्छ भन्नुभएको छैन,’ उनले भने । प्रधानमन्त्रीको दाबीपछि कुन शव्द संसदको रेकर्डबाट हटेको हो अन्योल देखिएको छ ।
सभामुखको अमूर्त रुलिङ !
सभामुख महराले नीति तथा कार्यक्रम पारित गर्ने क्रममा प्रयोग भएका असंसदीय शव्द हटाउन रुलिङ गरेपनि कुन–कुन शव्द हटाउने भनेर स्पष्ट निर्देशन दिएका छैनन् । संसदीय परम्परामा जुन शव्द हटाउनुपर्ने हो, त्यही शव्द उच्चारण गरेर भन्नुपर्ने संसदीय मामिलाका एक जानकारले बताए ।
प्रधानमन्त्री ओलीले संसदमा भनेका थिए, ‘कुण्ठा, आक्रोश र निम्छरो अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको जवाफ दिन्छु ... ।’
सभामुख महराले कुन शव्द शव्द असंसदीय हो भन्ने कुरा किटान गरेर निर्देशन दिनुपर्ने संसदका एक अधिकारी बताउँछन् ।
संसद सचिवालयका एक अधिकारीका अनुसार सभामुखको रुलिङ प्रधानमन्त्री ओलीले बोलेको निम्छरो भन्ने शव्द नै हो । तर संसदको रेकर्डबाट यो हटिसकेको भने छैन । त्यसबारे निर्णय हुन अझै केही समय लाग्नेछ ।
सांसदले बोलेका कुरा कसरी हुन्छ रेकर्ड ?
संसद सचिवालयले संसदको बैठक र संसदीय समितिका बैठकमा सांसदले बोलेका कुरा अडियोबाट उतारेर लिखित तयार गर्ने गर्दछ । लिखित रुपमा राखिने अभिलेख संसद सचिवालयको पुस्तकालय, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमा रहने गर्छ ।
संसद सचिवालय स्रोतका अनुसार अहिले संसदको दोस्रो अधिवेशनको रेकर्ड उतार्ने काम भइरहेको छ । अहिले संसदको चौथो अधिवेशन चलिरहेको छ । दोस्रो अधिवेशनको रेकर्ड उतार्ने काम भइसकेपछि तेस्रो अधिवेशनको रेकर्ड उतार्ने काम हुनेछ ।
तेस्रो अधिवेशनको रेकर्ड उतार्नको लागि टेण्डर नै नभएको स्रोतको भनाइ छ । तेस्रो अधिवेशनको काम सकिएपछि मात्र हाल चलिरहेको चौथो अधिवेशनको रेकर्ड उतार्ने काम शुरू हुनेछ ।
प्रधानमन्त्री ओलीले दाबी गरेजस्तै संसदको रेकर्डबाट कांग्रेस सांसदले बोलेको असंसदीय शव्द हटेको हो या ‘निम्छरो’ शव्द हटेको हो यो हेर्न भने केही महिना नै कुर्नुपर्ने भएको छ ।
संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदको बैठकमा प्रयोग भएका असंसदीय शव्द हटाउन कार्यव्यवस्था परामर्श शाखाबाट सम्पूर्ण विवरण शाखामा पत्राचार गरिएको बताए ।
‘रेकर्ड उतार्दा असंसदीय शव्द हटाउनु भनेर पत्राचार गरिएको छ, रेकर्ड उतार्ने क्रममा त्यस्ता असंसदीय शव्द भेटिए हट्छन्,’ उनले भने । प्रवक्ता पाण्डेका अनुसार त्यसरी अडियोबाट उतारिएको रेकर्ड संसदका महासचिवले प्रमाणीकरण गरेर अभिलेखमा राखिन्छ ।
‘अडियोलाई लिखित रुपमा उतारेपछि टिप्पणी उठाएर सभामुखलाई दिइन्छ, सभामुखको निर्देशनपछि ती शव्द हट्छन्,’ पाण्डेले लोकान्तरसँग भने ।
संसद बैठकमा सभामुख महराले अमूर्त निर्देशन दिएका कारण संसद सचिवालयका कर्मचारीले सभामुखसँग पुनः परामर्श गर्नुपर्नेछ । सभामुखको परामर्शमा ‘निम्छरो’ शव्द रेकर्डबाट हट्ने वा नहट्ने निर्णय हुनेछ । कांग्रेस सांसदले निम्छरो शव्दलाई नै लक्षित गरेर विरोध गरेको विषय संसदको रेकर्डमा रहेकाले त्यो शव्दमा संसदका कर्मचारीको पुनः ध्यानाकर्षण भने हुनेछ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...