२१ जेठ २०८३, बिहीबार

दोलखाको चरिकोट बसपार्कमा भीषण आगलागी, सात करोडको क्षति

दोलखाको चरिकोट बसपार्कमा भीषण आगलागी, सात करोडको क्षति

चरिकोट–दोलखाको चरिकोट बसपार्कमा गए राति आगलागी हुँदा घर जलेर नष्ट हुँदा रु सात करोड बराबरको क्षति भएको छ । 

भिमेश्वर नगरपालिका–३ बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहान टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा क्षति भएको छ । आगलागीबाट खत्रीकी ५५ वर्षीया श्रीमती राधा र २५ वर्षीय राजु खत्री घाइते भएका छन् । गोदामको पहिलो तलामा रहेको ट्युब, टायर, मोबिल तथा दोस्रो तलामा रहेको सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । 
 नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा भिमेश्वर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्