२८ जेठ २०८३, बिहीबार
मुख्य समाचार

मेडिसिटी अस्पतालबारेको खुलासाले हलचल, विदेशी डान्सबारबाट १६ नेपाली युवतीको उद्दार

मेडिसिटी अस्पतालबारेको खुलासाले हलचल, विदेशी डान्सबारबाट १६ नेपाली युवतीको उद्दार

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष तथा व्यापारी उपेन्द्र महतोको लगानी रहेको मेडिसिटी अस्पतालले सरकारी जग्गा मिचेर अस्पतालको संरचना निर्माण गरेको खुलेपछि हलचल मच्चिएको छ । 

लोकान्तर डटकमले एकमहिना लामो खोजपछि बिहीबार महतोको अस्पतालले राजकुलो (नक्सामा उल्लेख भएको र परम्परागत रूपमा चलिरहेको–नरहेको पानी बग्ने कुलो) सहित करीब साढे ३ रोपनी सरकारी जग्गा अतिक्रमण गरेको खुलासा गरेको थियो । 

मिचिएकोमध्ये एक रोपनी ४ आना जग्गामा मेडिसिटी अस्पतालको भवन नै ठडिएको छ । थप २ रोपनी ४ आना सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर अस्पताललाई ७०० बेड क्षमतामा विस्तार गर्ने प्रस्ताव सरकारी कार्यालयहरूमा पुर्‍याइसकेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १८ साविकसैंबु ६ (क), ललितपुर–४ मा पर्ने साविक सैंबु ४ (च) र ४ (ज) मा गरी साढे २ सय रोपनीभन्दा बढी जग्गा उपेन्द्र महतोले खरिद गरेका छन् ।

अधिकांश जग्गा आश्विन्स मेडिकल कलेज प्रालिका नाममा छन् । सैंबु ६ (क) मा मात्र आश्विन्स मेडिकल कलेज प्रालिको नाममा १३४ कित्तामा करीब ९१ रोपनी जग्गा छ । 
देशभर भूमाफियाले सरकारी जग्गा अतिक्रमण गरेको खुलासा भइरहेको  बेला राजधानीमै शक्तिको आडमा महतोको अस्पतालले सरकारी जग्गा हडपेर निजी अस्पताल खडा गरेको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ । 

याे पनि छुटाउनुभयाे कि ! 

मेडिसिटीले नचायो सरकारी संयन्त्र, ‘षड्यन्त्र’ देखेर स्थानीयमा त्रास ! [लोकान्तर खोज– २]

नख्खु खोला नै धकेल्ने खेलमा मेडिसिटी [लोकान्तर खोज– ३]

बाटो छेक्ने गरी रातारात पर्खाल, अदालतमा मिलापत्रपछि त्यही देखाएर अतिक्रमण ढाकछोप [लोकान्तर खोज- ४]

कार्यविभाजन आइतबार

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ ।ं प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको हो । 

    बैठकले सबै जनवर्गीय सङ्गठनको एकता भने टुङ्गाएको छ । मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ । गत वर्ष जेठ ३ गते नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो । 

    आफन्त भर्ती प्रकरण
काठमाडौं– त्रिवि सेवा आयोगले शाखा अधिकृत पदको अन्तर्वार्ता कार्यक्रम स्थगित भएको जनाएको छ । 

आयोगका प्रमुख परशुराम कोइरालाले बिहीबार एक सूचना जारी गर्दै अन्तर्वार्ता कार्यक्रम विशेष कारणबस स्थगित भएको जनाएका छन् । 


अन्य पदहरुको अन्तर्वार्ता भने तोकिएको मिति र समयअनुसार नै सञ्चालन हुने सूचनामा जनाइएको छ । 

आयोगले लिएको  लिखित पर त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठन र नेताका नातेदारहरूको नाम निस्किएको खुलासा भएको थियो । 

सो बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले आवश्यक फाइलहरु जफत गरेर छानबिन थालेको छ । 

रुपन्देहीमा गोली चल्यो
 
रुपन्देहीको नेपाल भारत सीमा नाका शंकरपुरमा विहीबार गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेको भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबीलाई प्रहरीले पक्राउ गर्न खोज्दा गोली चलेको हो ।

धोबीलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

आक्रमणमा परी नेपाली तीन जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेमा प्रहरीमा तेजबहादुर कुँवर, प्रेमबहादुर आले र विक्रम मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ । हतियार लिएर आउने धोबी प्रहरीको गोली लागेको घाइते भएको छ । घाइते धोबीलाई भारतीय पक्षले नै उठाएर लगेका छन् ।

१६ नेपाली युवतीको उद्दार
वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलावीमा ४ युवतीको उद्दार गरिएको हो । 

उनीहरुलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । 
उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र इन्टरपोलको सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । 
हालै स्थापना भएको मानव बेचबिखन ब्यूरोले यो घटनामा अनुसन्धान अघि बढाएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

माथिल्लो त्रिशूलीको विद्युत् राष्ट्रिय प्रणालीमा 
    लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिई आयोजना पूर्णरुपमा सम्पन्न भएको हो ।
 
    नेपाल विद्युत् प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे । यो दिनको प्रतिक्षाका लागि प्राधिकरणले विगत दश वर्षदेखि अनवरत प्रयास गर्दै आएको थियो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौँको मातातीर्थस्थित सबस्टेशनमा जोडिएको छ ।

    शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाका पुनः परीक्षण गरिने प्राधिकरणले जनाएको छ । सो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन शुरु हुनेछ । आयोजनाको दोस्रो युनिट भने आगामी असारको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
     
‘कूल बजेटको दश प्रतिशत स्वास्थ्यमा’

    उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षमा सरकारले विशेष प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री यादवले आगामी आवको कूल बजेटमध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले सक्दो पहल गर्ने बताए । 
 
    यसअघिको बजेटमा स्वास्थ्यतर्फ कूल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएका थियो । उपप्रधानमन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पु¥याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    कञ्चनजङ्घा आरोहण गर्ने क्रममा दुईको मृत्यु

    विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताए । उनका अनुसार अर्का एक जना सम्पर्कविहीन छन् ।

    आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेका थिए । चुचुरोमा पुगेर फर्कदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ । आरोहण दलका सदस्यका अनुसार झण्डै आठ हजार उचाइमा पुगेपछि करारलाई लेक लागेको थियो । शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवैको मृत्यु भएको बताइएको छ । 

    यसैबीच बुधबार राति ८ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि एक जना पर्वतारोही रोडियो फ्रान्सो भिरानो भने सम्पर्कविहीन भएका छन् । 

इञ्जिनीयरकै प्रमाणपत्र नक्कली 

    इञ्जिनीयरको नै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हुन्छ भन्ने पत्याउन आम मानिसलाई गाह्रो पर्छ । आमजनतालाई पत्याउन गाह्रो परेजस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको तथ्य फेला परेको हो । 

    बूढीगङ्गा गाउँपालिकाको कार्यालय हात्तीमुढा, मोरङका इञ्जिनीयर चन्द्रनारायण चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले आरोप लगाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इञ्जिनीयर चौधरीको प्रवेशिका तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो । 
लुकाइछिपाइ लैजान लागेको युरोसहित पक्राउ 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धानका लागि उक्त रकमसहित उनलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ । यसैबीच नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौं भन्दै नेपाली रकम चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । 

    प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिस्तानी नागरिक ३१ वर्षीया पूजा मोसिनलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्