०६ असार २०८३, शनिबार

वायुसेवा निगमको ६ महिनामा डेढ अर्ब नोक्सानी

जेठ ३, २०७६
वायुसेवा निगमको ६ महिनामा डेढ अर्ब नोक्सानी

काठमाडौँ - विमान खरिद गर्नुअघि नेपाल वायुसेवा निगमले तयार पारेको व्यावसायिक योजनाअनुसार दुईवटा विमानले दमाम, सिड्नी, टोकियो, हङकङलगायतका सेक्टरमा उडान सुरु गर्नुपर्ने थियो ।  कान्तिपुर दैनिकमा खबर छ । 

निगमको तत्कालीन नेतृत्व सुगतरत्न कंसाकारले खरिदमा चासो दिएपछि व्यावसायिक योजनाअनुसार काम नगर्दा आम्दानी हुन सकेको थिएन । 

गत वर्ष निगमको कार्यकारी अध्यक्षमा नियुक्त मदन खरेलमाथि समेत विमान प्राप्त भइसकेपछि पनि गन्तव्यको टुंगो लगाउन नसकेको आरोप छ ।

‘गन्तव्य टुंगो लगाएर प्रभावकारी सञ्चालन गर्न नसक्दा नियमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको नोक्सानी अनुमानित १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘व्यावसायिक योजनाअनुसार विमान सञ्चालन गर्न नसके थप नोक्सानी वृद्धि भई लगानीको प्रतिफल प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्