२९ जेठ २०८३, शुक्रबार

क्रिकेट विश्वकपअघि विराट कोहलीले पत्नी अनुष्कासँग मनाए गोवामा छुट्टी

क्रिकेट विश्वकपअघि विराट कोहलीले पत्नी अनुष्कासँग मनाए गोवामा छुट्टी

काठमाडौं – जेठ १६ गतेदेखि इंग्ल्यान्डमा शुरू हुन लागेको क्रिकेट विश्वकपअघि इन्डियाका कप्तान विराट कोहली पत्नी अनुष्कासँग गोवामा छुट्टी मनाइरहेका छन् । 

सामाजिक सञ्जालमा उनीहरूको फोटो भाइरल भइरहेको छ । तस्वीर उनीहरूका फ्यानले शेयर गरेका हुन् । 

गोवाको एक रेस्टुराँमा एक साथीसँग बसेर विराट र अनुष्काले ब्रेकफास्ट लिइरहेको देखिन्छ । 

इन्डियाका ओपनर रोहित शर्मा पनि आफ्नी पत्नी र बच्चाहरूसँग माल्दिभ्समा क्वालिटी टाइम बिताइरहेका छन् । हालै रोहितको कप्तानीमा मुम्बई इन्डियन्सले चौथोपटक आईपीएल उपाधि जितेको छ । 

भारतीय टीम जेठ ८ गते इंग्ल्यान्ड जाँदैछ । भारतले जेठ २२ गतेदेखि आफ्नो विश्वकप अभियान शुरू गर्नेछ । पहिलो म्याच दक्षिण अफ्रिकाविरुद्ध छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्