०४ असार २०८३, बिहीबार

भ्यान दुर्घटनामा ८ जनाको ज्यान गयो, मृत्यु हुने अधिकांश एकै परिवारका

जेठ ३, २०७६
भ्यान दुर्घटनामा ८ जनाको ज्यान गयो, मृत्यु हुने अधिकांश एकै परिवारका

मनिला– मध्य फिलिपिन्सको लेटे प्रान्तमा शुक्रबार बिहान यात्रुबाहक भ्यान र सानो ट्रक जुध्दा आठ जनाको मृत्यु हुनुका साथै अरु १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यत्ति एकै परिवारका रहेको बताएको छ । 
दुर्घटनाग्रस्त भ्यान ताक्लोबान शहरतर्फ गइरहेको थियो भने ट्रक बाबाटगोनतर्फ गइरहेको थियो । प्रत्यक्षदर्शीका अनुसार दुबै सवारीसाधन तीव्र गतिमा रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्