२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्रीद्वारा शुद्धोधनको प्राचीन दरबार अवलोकन

जेठ ३, २०७६
प्रधानमन्त्रीद्वारा शुद्धोधनको प्राचीन दरबार अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताउनुभयो । 

    उहाँले तिलौराकोटको अवलोकनपश्चात् पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । 

    उहाँले तिलौराकोट क्षेत्रको अवलोकनका अवसरमा तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासको ढोका खुलेकोसमेत बताउनुभयो । प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी झ्रमण वर्ष २०७६ कार्यक्रम र २५६३औँ बुद्धजन्ती कार्यत्रममा आउनुभएका प्रधानमन्क्री ओली सोही त्रममा तिलौराकोटको अवलोकन गर्नुभएको हो ।

    प्रधानमन्त्रीका साथमा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शङ्कर पोखरेल, कृषि तथा पशुपक्षी विकासमन्क्री चत्रपाणी खनाल, नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

    प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि, उत्खनन, अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओली तिलौराकोट क्षेत्रमा पश्चिम गेटबाट पैदल हिँडेर प्राचीन ऐतिहासिक संरचनाको अवलोकन र जानकारी लिनुभएको थियो ।

    तिलौराकोटमा विगत छ वर्षदेखि बेलायतको दुहार्म विश्वविद्यालय र पुरातत्व विभागले संयुक्तरुपमा उत्खनन, अनुसन्धान गरिरहेको छ । तिलौराकोट विश्वसम्पदा सूचीका लागि प्रस्तावित स्थलसमेत हो ।

salt training

कमेन्ट गर्नुहोस्