२४ जेठ २०८३, आइतबार

ठूलो मात्रामा घरेलु मदिरा नष्ट

ठूलो मात्रामा घरेलु मदिरा नष्ट
सन्दर्भ तस्वीर

स्याङ्जा- स्याङ्जा जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा ठूलो मात्रामा अवैध रूपले उत्पादित घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी  नष्ट गरेको छ ।

उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत त्यस्ता मदिरा बरामद गरी  नष्ट गर्ने क्रममा ९०२ लिटर तयारी मदिरा र एक हजार थान कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

प्रहरीले शुक्रवार पुतलीबजार नगरपालिकाका विभिन्न स्थानबाट १६० लिटर तयारी मदिरा कच्चा पदार्थ नियन्त्रणमा लिनाका साथै पुतलीबजार नगरपालिकाको वीरेन्द्रनगर, राङ्खोला र कुमालगाउँबाट घरेलु मदिरा तथा मदिरा बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएको थियो ।

यसैगरी  बिहीबार वालिङ ७ केवरेबाट २७ लिटर तयारी मदिरा, बिहीवार नै फेदिखोलाबाट १५० लिटर तयारी मदिरा र गत आइतबार पनि चापाकोट नगरपालिकाका विभिन्न स्थानबाट ५६५ लिटर तयारी मदिराका साथै त्यसमा प्रयोगहुने कच्चा पदार्थ नियन्त्रणमा लिई स्थानीय समाजसेवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरेको प्रवक्ता भण्डारीले बताए ।

घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरिएको प्रवक्ता भण्डारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्