०५ असार २०८३, शुक्रबार

सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

लहान- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी २५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते चालक चौधरीलाई तत्कालै उपचारका लागि श्रमजीवी अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ । सोही दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा पछाडि सवार सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी विक्रमकुमार चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्